भरतपुरकी क्यान्सरपीडित महिलालाई आर्थिक सहयोग

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, १५ : ३३
भरतपुरकी क्यान्सरपीडित महिलालाई आर्थिक सहयोग

चितवन । स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढले भरतपुर–१० शीतलपथ निवासी क्यान्सरपीडित महिला चुनादेवी रिजाललाई १५ हजार ५१५ रुपैयाँ नगद सहयोग गरेको छ ।

स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा क्लबका अध्यक्ष सम्झना प्रधानले नगद सहयोग हस्तान्तरण गरेकी हुन् ।कार्यक्रममा अध्यक्ष सम्झना प्रधानले क्लबका सदस्यहरूको आन्तरिक सहयोगमा चुनादेवी रिजाललाई सानो सहयोग रकम उपलब्ध गराइएको बताइन् । सोही क्रममा क्यान्सर जस्तो भयानक रोगबाट बच्नका लागि सम्पूर्ण महिला दिदीबहिनीहरूले खानपिनमा विशेष ध्यान पु¥याउनुपर्ने र समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने अध्यक्ष प्रधानले बताइन् ।

कल्पना थपलियाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम क्लबका सह–सचिव डा। सुरक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा क्लबका सदस्यहरू शान्ति श्रेष्ठ, एलिना बज्राचार्य, क्यान्सरपीडित रिजालका घरबेटी महेन्द्र सिग्देललगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस