कैलाली । टीकापुर नगरपालिका-१ ब्लक नम्बर ५ बस्ने ६८ वर्षीय दिल प्रसाद शेरचनको न्यू ब्रान्च होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचन समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
साथै, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा शाही समेत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ९५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ