काठमाडौँ । चोरीको मोटरसाइकलसहित नुवाकोट लिखु गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित सहायता ईकाइबाट खटिएको ट्राफिक प्रहरीले राईले उक्त मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा काठमाडौं लोलाङ हाइटबाट फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ