आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, ११ : २१
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।  आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ।बुधबार भने गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस