मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै

सफल खबर संवाददाता

आइतबार, २६ चैत्र २०७९, ०७ : ०३
मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै

काठमाडौं ।  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मा २–० को सहज जित निकालेको छ ।

घरेलु टोली नाइसमाथि पिएसजीले  २–० को सहज जित निकाल्दै शिर्षस्थान कायमै राखेको छ । 

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको  २६औं मिनेटमा मेस्सीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पिएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुप¥यो ।

दोस्रो हाफको ७६औं मिनेटमा मेस्सीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुंगियो । 

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंक थपेको छ । जसअनुसार  पिएसजीको ३० खेलबाट ६९ अंक हासिल गरेको छ भने पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस