आज देखि उपनिर्वाचन हुने तीन जिल्लामा आचारसंहिता लागू

सफल खबर संवाददाता

शुक्रबार, २४ चैत्र २०७९, ०७ : ३३
आज देखि उपनिर्वाचन हुने तीन जिल्लामा आचारसंहिता लागू

काठमाडौ । तीन क्षेत्रमा हुने  प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारदेखि सम्बन्धित जिल्लामा आचारसंहिता लागु हुने भएको छ । 

बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि आचारसंहिता लागु भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस