१० करोडसम्मको विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै

पत्रपत्रिकाबाट

बुधबार, २२ चैत्र २०७९, ०७ : ३७
१० करोडसम्मको विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै

काठमाडौ । उद्योग   विभागले   दस   करोड   रुपैयाँसम्मको  विदेशी  लगानी  स्वचालित  मार्ग  (अटोमेटिक  रुट) बाट  स्वीकृत  हुने  व्यवस्था मिलाउने भएको छ ।

उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुुई करोडदेखि दस करोड रुपियाँसम्म लगानी  हुने  परियोजना÷प्रस्ताव  स्वचालित  मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो ।   

हाल  विद्यमान  रहेको  प्रक्रिया  झन्झटिलो  भएकाले  यसलाई  सरलीकृत  गरेर सिधै स्वचालित मार्गबाट हुुुने व्यवस्था गरिएको विभागले जनाएको छ । 

विभागको विदेशी  लगानी  तथा  प्रविधि  हस्तान्तरण  शाखाका    निर्देशक    शङ्कर    सिंह    धामीले   नियमावली   संशोधन   गरेर   विदेशी   लगानी   स्वचालित   मार्गबाट   स्वीकृत  हुने  व्यवस्था  गरिएको  जानकारी  दिए । गोरखापत्रमा खबर छ ।