एकीकृत  समाजवादीको  प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, १३ : ४४
एकीकृत  समाजवादीको  प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

काठमाडौँ । नेकपा एकीकृत  समाजवादीको  प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । आज बिहान सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । 

प्रमुख सचेतक भएका प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् । उनी यसअघि सहरी विकास मन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस