चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

सफल खबर संवाददाता

शनिबार, १८ चैत्र २०७९, १५ : ५८
चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

चितवन। नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उपचुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस