चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, १८ चैत्र २०७९, ११ : ५४
चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

एजेन्सी।चीनका शीर्ष विधायक झाओ लेजीले शुक्रवार बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन् ।सो अवसरमा नेसनल पिपुल्स कांग्रेस (एनपीसी) स्थायी समितिका अध्यक्ष झाओले चीन–स्पेन सहयोगको बलियो आधार रहेको भन्दै त्यसलाई अझ व्यापक बनाउन आवश्यक रहेको बताए ।यस वर्ष चीन–स्पेन कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवका साथै चीन–इयु व्यापक रणनीतिक साझेदारीको स्थापनाको २०औं वार्षिकोत्सव मनाइँदैछ ।

भेटमा झाओले आपसी विश्वास र मित्रतालाई अझ प्रगाढ बनाउने प्रयास गर्नुपर्ने बताए । व्यावहारिक सहयोगका लागि प्रतिबद्ध रहन र संयुक्त रूपमा चीन–ईयु सम्बन्धको स्थिर विकासलाई कायम राख्नुपर्ने झाओको धारणा रहेको छ ।झाओले चीनको एनपीसीले स्पेनसँग थुप्रै क्षेत्रमा मैत्रीपूर्ण आदानप्रदानलाई  बलियो बनाउन एवं कानून सुपरिवेक्षणमा विभिन्न विषयलाई आदानप्रदान गर्दै थप सुदृढ गर्न र बहुपक्षीय मञ्चहरूमा नजिकबाट समन्वय र सहयोग गर्न इच्छुक रहेको पनि बताए ।

प्रधानमन्त्री सान्चेजले स्पेनले चीनसँगको सम्बन्ध विकासलाई ठूलो महत्त्व दिएको र एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्ने बताए ।स्पेन–चीन र ईयु–चीन सम्बन्धको विकासलाई प्रवर्द्धन गर्न स्पेनी पक्ष चीनसँग व्यापार, लगानी, संस्कृति र अन्य क्षेत्रमा आदानप्रदान र सहयोगलाई थप विस्तार गर्न तयार रहेको पनि सान्चेजले बताए ।

प्रतिक्रिया दिनुहोस