धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीका पूर्वउपाध्यक्ष भीम रावलले पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहेको आरोप लगाएका छन्।प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेको आरोप लगाएका हुन् ।‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन ।
अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भनेका छन् ।रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले आत्मालोचना नगरे पार्टीले ‘उचित निर्णय’ लिने बताएका छन् । पौडेलले थपे, ‘एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ ।
कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’यसअघि पनि अछाम पुगेका पौडेल र रावलबीच आरोप प्रत्यारोप चलेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनमा गम्भीर असर, गम्भीर समीक्षा आवश्यक’ : विष्णु पौडेल
वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ : विष्णु पौडेल
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री