काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले मिटरब्याजीविरुद्धको आन्दोलनले उठाएको माग अविलम्ब पूरा गर्न र उक्त अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा सहभागिताको सम्बन्धमा गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गर्ने निर्णय गरिएको जानकारी दिए ।
उहाँका अनुसार नयाँ कार्यविभाजन र जिम्मेवारीको प्रस्ताव तयार गरी अर्को बैठकमा पेश गर्न केन्द्रीय सङ्गठन विभाग र केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
पार्टी उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणि जङ्गलीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको बैठकले उपाध्यक्ष प्रमेशकुमार हमालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने