सुर्खेत।नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको गठबन्धनबाट देशको भविष्य नरहेको बताएका छन् । पछिल्लो घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको उनको टिप्पणी छ ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन।’उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे ।
उनले भने, ‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि प्रचण्डले धोका दिनुभयो।’उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । पौडेल सुदूरपश्चिमको अछाम जाने क्रममा सुर्खेत आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ : विष्णु पौडेल
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल