नवनियुक्त आईजीपी कुँवर आजदेखि कमाण्ड सम्हाल्दै

सफल खबर संवाददाता

आइतबार, १२ चैत्र २०७९, ०८ : ५१
नवनियुक्त आईजीपी कुँवर आजदेखि कमाण्ड सम्हाल्दै

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिँदैछ ।

त्यसलगत्तै उनले आफ्नो कमाण्ड सम्हाल्नेछन् । गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो ।

दिउँसो १ बजे मन्त्रालयमा कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस