गर्मी मौसममा स्वास्थ्यको ख्याल कसरी गर्ने ?

एजेन्सी

शनिबार, ११ चैत्र २०७९, ११ : ११
गर्मी मौसममा स्वास्थ्यको ख्याल कसरी गर्ने ?

एजेन्सी । गर्मीको मौसम सुरु भएको छ । गर्मीको मौसममा शरीरमा आलस्यता बढ्नु, चक्कर लाग्नु, शरीरमा क्याल्सियमको कमी हुनु, मुर्छा पर्नु लगायतका समस्याको सामना गर्नुपर्ने हुन्छ । गर्मीमा धेरै मात्रामा पानी पिउनु पर्छ भन्ने सबैले जानेका छौँ । तर, त्यसबाहेक अरु के गर्दा शरीरमा फूर्ति बढ्छ आउनुहोस् जानौँ ।

मौषम अनुसारको खानपिन – मौसम अनुसारको खानपानले गर्मीबाट हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ । त्यस्तै शीतलताको लागि खर्बुजा प्रयोग गर्नु राम्रो मानिन्छ गर्मीमा । खर्बुजामा ९० प्रतिशत पानीको मात्रा हुने भएकोले यसलाई दैनिकरुपमा प्रयोगमा ल्याउन सकिन्छ । त्यस्तै हरियो तरकारी, मौसम अनुसारको फल र हल्का तथा रेशादार खानेकुरा खाँदा गर्मिका कारण शरीरमा बढेको तापमान कम गर्न सकिन्छ ।

सलाद – सलादमा ९५ प्रतिशत पानी हुने र प्रोटिनको मात्रा पनि बढी हुनु अनि सलादमा ओमेगा ३ फाइबर र क्याल्सुीयम समेत पाइने भएकोले गर्मीमा स्लाद खानु अत्यन्तै उत्तम मानिन्छ । स्लादमा फाइबरको मात्रा बढी हुने भएकोले यसले पाचनतन्त्रमा पनि सहयोग गर्छ ।

ब्रोकाउली – ब्रोकाउलीमा ८९ प्रतिशत पानी हुन्छ । यसले तपाईलाई गर्मीबाट बचाउन मद्दत गर्दछ ।

स्याउ – स्याउमा ८९ प्रतिशत पानी हुन्छ । स्याउ फाइबर, भिटामीन र धेरै मात्राका अन्य पोषकतत्वको राम्रो स्रोत मानिन्छ । त्यस्तै अनारले पानीको मात्रा पुरा गर्न सहयोग गर्दछ ।

चामलको भात – मानिसको स्वास्थ्यका लागि भात भन्दा बढी रोटी फाइदाजनक मानिन्छ । तर, स्वास्थ्यविज्ञहरूका अनुसार गर्मीमा भात पानीको राम्रो स्रोत मानिन्छ । भातले शरीरमा पानीको मात्रा पुरा गर्न सहयोग गर्दछ । भातमा आइरन, कार्बोहाइड्रेट र अन्य तत्व प्रचुरमात्रामा पाइन्छ ।

दही – गर्मीमा पानीको कमि पुरा गर्नका लागि दही अत्यन्तै फाइदाजनक मानिन्छ । दहीमा ८५ प्रतिशत पानीको मात्रा हुन्छ ।

हरिया तरकारीहरू – गर्मीको मौसममा लौका, करेला, फर्सी, काँक्रा, परवल, भिंडी र सागसब्जीहरू भान्सामा बढी प्रयोग गर्नुहोस ।

सरसफाइमा विशेष ध्यान दिनुहोस– गर्मीका कारण विभिन्न रोगको संक्रमण बढ्ने खतरा हुन्छ । त्यसकारण सरसफाइमा बिशेष ध्यान दिनुहोस् । गर्मीका बेला धेरै समय बाहिर नरहनुहोस् । शरीरमा पानी कम हुन नदिन बिशेष ध्यान दिनुहोस् ।

गर्मीमा के नगर्ने ?

खानामा धेरै मसला र तेल प्रयोग नगर्नुहोस् । बासी खानेकुरा नखानुहोस्, मासु कम खानु होस्, बाहिर निस्कदा पानी पिएर निस्कनुहोस् । सकेसम्म शरीरलाई कपडाले छोप्नुहोस् ।

प्रतिक्रिया दिनुहोस