एजेन्सी । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो ।
जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ । चीनले दक्षिण चीन सागरमा आफ्नो अधिकार दाबी गर्दै आएको छ । यद्यपि चीनको उक्त दाबीमा कुनै कानुनी आधार नभएको निर्णय अन्तरराष्ट्रिय अदालतले गरेको छ ।
फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाइले पनि दक्षिण सागरको पानीमा आफ्नो दाबी गरेका छन्भने अमेरिकाले अन्तरराष्ट्रिय जलक्षेत्रमा जहाज चलाउन पाउनुपर्ने सबैको नैसर्गिक अधिकार भएको बताउँदै आएको छ ।
चीन सरकारको अनुमति बिना चिनियाँ जलक्षेत्रमा गैरकानुनी रुपमा अमेरिकी युद्धपोत प्रवेश गरेर यस क्षेत्रको शान्ति र स्थायित्वमा खलल पुगेको जनमुक्ति सेनाले बताएको छ । यस सम्बन्धमा अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ चैत्र २०७९, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स