एजेन्सी । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो ।
जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ । चीनले दक्षिण चीन सागरमा आफ्नो अधिकार दाबी गर्दै आएको छ । यद्यपि चीनको उक्त दाबीमा कुनै कानुनी आधार नभएको निर्णय अन्तरराष्ट्रिय अदालतले गरेको छ ।
फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाइले पनि दक्षिण सागरको पानीमा आफ्नो दाबी गरेका छन्भने अमेरिकाले अन्तरराष्ट्रिय जलक्षेत्रमा जहाज चलाउन पाउनुपर्ने सबैको नैसर्गिक अधिकार भएको बताउँदै आएको छ ।
चीन सरकारको अनुमति बिना चिनियाँ जलक्षेत्रमा गैरकानुनी रुपमा अमेरिकी युद्धपोत प्रवेश गरेर यस क्षेत्रको शान्ति र स्थायित्वमा खलल पुगेको जनमुक्ति सेनाले बताएको छ । यस सम्बन्धमा अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ चैत्र २०७९, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत