भक्तपुरमा २ भारतीयसहित १६ जना जुवाडे पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, ०८ : १५
भक्तपुरमा २ भारतीयसहित १६ जना जुवाडे पक्राउ

काठमाडौं । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे तीन लाख बढी नगदसहित पक्राउ परेका छन् ।

मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीले मझेरी क्याफेका सञ्चालक दिलीप गिरीसहित १६ जनालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले सोही क्याफेमा जुवा खेलिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । जुवा खालबाट प्रहरीले नेपाली २ लाख ४२ हजार ८५० र ४८ हजार ५०० भारतीय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ ।

पक्राउ परेका १६ जनालाई परिसर भक्तपुरमै थुनामा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस