गैँडाको आक्रमणबाट महिलाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०८ चैत्र २०७९, २१ : १६
गैँडाको आक्रमणबाट महिलाको मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न हिँडेकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापामगरलाई दिउँसो २ बजेतिर गैँडाले आक्रमण गरेको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरले जानकारी दिए ।

अध्यक्ष घर्तीका अनुसार थापालाई पृथ्वीनगर खेल मैदान नजिकै रहेको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट घाइते हुनुभएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडाअध्यक्ष घर्तीमगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस