सामाजिक सञ्जालमार्फत अक्षयले सार्वजनीक गरे नयाँ फिल्मको फर्स्ट

सफल खबर संवाददाता

बुधबार, ०८ चैत्र २०७९, १३ : २३
सामाजिक सञ्जालमार्फत अक्षयले सार्वजनीक गरे नयाँ फिल्मको फर्स्ट

काठमाडौँ। बलिउड अभिनेता अक्षय कुमारले नयाँ फिल्मको घोषणा गरेका छन्।उनले सामाजिक सञ्जालमार्फत फिल्मको घोषणा गर्दै फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन्। यो दक्षिण भारतीय फिल्म ‘सोरारई पोटरु’ को हिन्दी रिमेक हो।

हिन्दी रिमेकको नाम खुलाइएको छैन।सार्वजनिक पोस्टरमा अक्षयको छायाँमा विमान उडिरहेको देखाइएको छ। अक्षयले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हामी टेकअफ गर्नका लागि तयार छौं।’ यो फिल्म सन् २०२३ सेक्टेम्बर १ मा प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस