चितवन । आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका चितवनका एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवनका जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाएको अदालतका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।
उनले थप प्रमाण बुझ्ने काम थुनामा राखेर नै गरिने बताए । शिक्षक क्षेत्रीले १५ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटकटपक यौन शोषण गरेको अभियोग छ ।भरतपुर महानगरपालिका-१२ घर भएका क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाउने नाममा पटकपटक यौन शोषण गरेको जोहरीमा उल्लेख छ ।
शिक्षकले करिब ८ महिनासम्म आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै किशोरी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् ।स्थायी दरबन्दीमा नाम निकालेपछि गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा विज्ञान विषय पढाउन गएका क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
गत फागुन ५ माशिक्षकविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि प्रहरीले फागुन १० गते उनलाई पक्राउ गरेको थियो । क्षेत्रीले यौन शोषण गर्न भरतपुरमा अलग्गै कोठा लिएका थिए ।
पटकपटक बलात्कार गरेपछि शिक्षक क्षेत्रीले हरेक पटक पिल्स खानदिने गरेको बालिकाले प्रहरीसँगको बयानमा बताएकी छिन् । भरतपुरको अल्फा बिटा इन्स्टिच्यूटमा नर्सिङ ब्रिजकोर्स पढ्न जाँदा शिक्षक र विद्यार्थीबीच चिनजान भएको थियो ।
बालिकासँग एकाएक नजिकिएका क्षेत्रीले घुम्न लैजाने, फिलिम हेर्न लैजाने गर्दथे । बालिकाका अनुसार शिक्षक क्षेत्रीले बलात्कार गरेपछि कहीँकतै नभन्नु भनी धम्क्याउने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ चैत्र २०७९, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ