काठमाडौँ इन्जिनियरिङ कलेजमा नेविसंघका अधिकारी निर्वाचित

सफल खबर संवाददाता

सोमबार, ०६ चैत्र २०७९, १२ : ०६
काठमाडौँ इन्जिनियरिङ कलेजमा नेविसंघका अधिकारी निर्वाचित

काठमाडौँ । कालिमाटीमा रहेको काठमाडौ इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा नेविसंघका सिजन अधिकारी निर्वाचित भएका छन् । सचिवमा पनि नेविसंघकै जगदिशप्रसाद भट्ट र कोषाध्यक्षमा नेविसंघकै अंकिता श्रेष्ठ निर्वाचित भएका छन् ।

 त्यस्तै सदस्यमाहरूमा समेत अधिकांश नेविसंघकै उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट विपन राउत, संस्कार सिलवाल, इशान गौतम, अमन पाण्डे रहेका छन् । त्यस्तै अनेरास्ववियुबाट पुकार सिंह बस्नेत र अखिल क्रान्तिकारीबाट दिपेशकुमार यादव सदस्यमा निर्वाचित भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस