‘तु झूठी मैं मक्कर’ बन्यो यस वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, १२ : ५४
‘तु झूठी मैं मक्कर’ बन्यो यस वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म

काठमाडौं।रणवीर कपुर र श्रद्धा कपुर स्टारर रोमान्टिक ड्रामा ‘तु झूठी मैं मक्कर’ सय करोड क्लबमा प्रवेश गरेको छ । नेट कलेक्सनका आधारमा फिल्मले ११ औं दिनमा हिन्दी संस्करणमा उक्त कमाइ गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।यो फिल्मले शाहरुख खानको कमब्याक रहेको ‘पठान’पछि सन् २०२३ मा सय करोडभन्दा बढी कमाउने दोस्रो फिल्म बनेको हो ।

शाहरुख खान स्टारर ‘पठान’को कुल हिन्दी संस्करणको कलेक्सन ५४२ करोड भारु छ । संकटमा फसेको हिन्दी फिल्म उद्योगलाई पठानले उद्धार गरेको थियो । त्यसपछि रिलिज भएका हिन्दी फिल्महरु शेहजादा र सेल्फी बक्स अफिसमा असफल रहे । तर कन्टेन्टकै कारण रणवीर र श्रद्धाको रोम/कम फिल्म बलिउडमा राम्रै चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस