कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुङ्गिएको छैन : कांग्रेस नेता केसी

सफल खबर संवाददाता

शनिबार, ०४ चैत्र २०७९, १२ : ३५
कसको नेतृत्वमा सरकारमा जाने भन्ने  विषय टुङ्गिएको छैन : कांग्रेस नेता केसी

बुटवल । नेपाली कांग्रेसका नेता तथा  पूर्व मन्त्री अर्जुन नरसिंह केसीले  नेपाली  कांग्रेस कसको नेतृत्वमा सरकारमा  जान्छ भन्ने विषय टुङ्गो नलागेको बताएका छन् ।  आज नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा  बोल्दै  नेता केसीले  कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टी भित्र छलफलै नभएको बताए । 

उनले प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत प्राप्त गरेपछि को कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय  हुने पनि खुलाए ।  केसीले गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरु ल्याउनुपर्ने बताए । अहिले मुख्य लडाई भनेको मुलुकमा गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्ट्राचारको समस्या रहेकोले त्यस विरुद्ध लड्न सबै एक हुनुपर्ने बताए । 

अहिले देखिएको बैङ्किङ ब्याजदर, लघुवित्त समस्या समाधानमा सरकारको ध्यान जानु पर्ने पनि उनले बताए । उनले देशमा आर्थिक अवस्था निकै कमजोर भएकोले चालु खर्च घटाउन सबैको ध्यान जानु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस