काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएकी छन ।
भण्डारी शितल निवासबाट बाहिरिंदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ । ट्वीटर ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल गत फागुन २५ गते निर्वाचित भएका थिए । फागुन २९ गते उहाँले शपथग्रहण गर्नुभएको थियो । सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन्।
२५ हजार फलोअर्स भएको ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टिमलाई बधाई समेत दिएकी छन्। तर राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको आलोचना समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीद्वारा एमालेका जनसंगठनका नेताहरूसँग परामर्श
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो: पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन
पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
सञ्चार मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता