काठमाडौं । निर्वाचन आचारसंहितका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक प्रभावित बनेको छ ।
उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे निर्णय लिनका लागि शुक्रबार रास्वपाले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक तय गरेको थियो ।
तर, निर्वाचन आयोगले आचारसंहिताबारे ख्याल गर्न दलहरुलाई सचेत गराएसँगै रास्वपाको पूर्वनिर्धारित बैठक नबस्ने तय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उपराष्ट्रपतिको निर्वाचन अन्तरगत शुक्रबार बिहान १० बजेदेखि मतदान हुने भएपनि रास्वपा कसलाई मत हाल्ने भन्ने निर्णयमा पुगेको छैन । अब कसरी अघि बढ्ने भनेर नेताहरुबीच अनौपचारिक छलफल गरेर सोही अनुसार अघि बढ्ने तयारीमा पार्टी छ ।
यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा