काठमाडौं । निर्वाचन आचारसंहितका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक प्रभावित बनेको छ ।
उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे निर्णय लिनका लागि शुक्रबार रास्वपाले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक तय गरेको थियो ।
तर, निर्वाचन आयोगले आचारसंहिताबारे ख्याल गर्न दलहरुलाई सचेत गराएसँगै रास्वपाको पूर्वनिर्धारित बैठक नबस्ने तय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उपराष्ट्रपतिको निर्वाचन अन्तरगत शुक्रबार बिहान १० बजेदेखि मतदान हुने भएपनि रास्वपा कसलाई मत हाल्ने भन्ने निर्णयमा पुगेको छैन । अब कसरी अघि बढ्ने भनेर नेताहरुबीच अनौपचारिक छलफल गरेर सोही अनुसार अघि बढ्ने तयारीमा पार्टी छ ।
यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा