रवी ओडको 'ओई मेरी रामप्यारी'को भिडियो सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ०२ चैत्र २०७९, १५ : ०८
रवी ओडको 'ओई मेरी रामप्यारी'को भिडियो सार्वजनिक

काठमाडौँ । 'नेपाल आइडल सिजन २' विजेता गायक रवी ओड स्वर रहेको 'ओई मेरी रामप्यारी'को भिडियो रिलिज गरिएको छ ।

लामो समयको अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका अभिनेता सुशान्त कार्कीले कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् ।

हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ । कार्कीले तीन घुम्ती, सपना तिम्रो मेरो आदि फिल्ममा अभिनय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस