एमालेसँगको अस्वाभाविक गठबन्धनबाट माओवादी मुक्त : विमलेन्द्र निधि

सफल खबर संवाददाता

विहीबार, ०२ चैत्र २०७९, ११ : ४८
एमालेसँगको अस्वाभाविक गठबन्धनबाट माओवादी मुक्त : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले  कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वाभाविक गठबन्धनबाट माओवादी केन्द्र मुक्त भएको बताएका छन  । बिहीबार बिहान कांग्रेस ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेता निधिले बाहिर जतिसुकै आलोचना भए पनि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर परिपक्व निर्णय गरेको बताए ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनपछि गठबन्धनकारी दलबीचको असहमतिका कारण कांग्रेसजनमा निराशा छाएको भएपनि विश्वासको मत दिएपछि कोर्ष करेक्सन भएको उनको भनाइ थियो । गठबन्धनकारी दलहरूबीच राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको नाममा सर्वसम्मत भएको उल्लेख गर्दै नेता निधिले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु हुने बताए ।

सरकारले विश्वासको मत पाएपछि कांग्रेस सरकारमा जाने समेत उनले बताए। सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार सरकार पाँच वर्षसम्म कायम रहने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस