महोत्तरीमा आगलागी हुँदा एकजनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, २१ : १०
महोत्तरीमा आगलागी हुँदा एकजनाको मृत्यु

काठमाडौँ। महोत्तरीको वल्वास्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अरु एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही स्थान बस्ने ५० वर्षीया चन्दनदेवि यादव रहेको प्रहरीले जनाएको छ । घटनामा सोही स्थानका ५२ वर्षीय जयकरण यादव घाइते भएका छन् ।

स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी घाइते भएका दुवै जनालाइ स्थानीय र प्रहरीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए ।

घाइते मध्य चन्दनदेविको उपचारको क्रममा मृत्यु भएको हो । जयकरण यादवलाइ थप उपचारको लागि काठमाडौं लगिएको छ ।भान्साबाट एक्कासी लागेको आगलागीका कारण रामसागर यादवको घरमा झण्डै ८० हजार बरावरको क्षतिसमेत भएको छ । यादवको घरभित्र राखेको भाडाकुडा र लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस