पुटिन बने मध्यपूर्वमा ‘दबङ्ग’, अमेरिकालाई धक्का

एजेन्सी

सोमबार, ०३ पुस २०७४, १७ : ०९
पुटिन बने मध्यपूर्वमा ‘दबङ्ग’, अमेरिकालाई धक्का

सन् २०१५ मा जब रुसले सीरियामा सैन्य अभियान शुरु गरेको थियो, तब तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले भविष्यवाणी गरेका थिए – मस्को दलदलमा फस्दैछ । तत्कालीन अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले भनेका थिए कि ‘रुसको नीति असफल हुने निश्चित छ ।’

तर, रुसले दुई वर्षपछि ती भविष्यवाणीलाई गलत साबित गरिदिएको छ । यसै साता सीरियाको आकस्मिक भ्रमण गरेका रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो देशका सैनिकसँग भने, ‘शानदार तरिकाले लड ताकि ‘विजेता’ जस्तै घर फर्कन सकियोस् ।’ उनले सीरियामा रहेको रुसी सैन्य शक्तिको मुख्य शक्तिलाई फिर्ता हुन पनि आदेश दिए ।

मस्कोको प्रभाव
के रुसी मिसन पूरा भयो ? लाग्छ, यस्तै भएको छ ।

सेप्टेम्वर २०१५ मा आफ्नो मिसनको जानकारी दिदै राष्ट्रपति पुटिनले सार्वजनिक रुपमा भनेका थिए कि उदेश्य ‘अन्तर्राष्ट्रिय आंतकवादसँग संघर्षको हो ।’
कथित इस्लामिक स्टेटलाई सीरियामा नराम्रो धक्का लागेको छ । यद्यपि पश्चिमी देशका सरकार सीरियाका उदारवादी विपक्षीलाई निशाना बनाएकोमा रुसको आलोचना गर्दै आएका छन् ।

रुसी अभियानको अर्को एउटा मिसन थियो आफ्नो सहयोगी राष्ट्रपति बशर अल असदको सत्तामा बनाइराख्ने । रुसले यो लक्ष्य हासिल गरेको छ । सीरियालाई रुसका तर्फबाट मिलेको सैन्य समर्थनले असदलाई त्यहाँ धेरै सहयोग गर्यो । सीरियामा सरकार बदल्ने सम्भावना ट्रयो ।

अमेरिका, टर्की र सउदी अरब शान्तिका लागि असदको अटाउने शर्त राखेका थिए, तर अहिले उनीहरु यस्तो भनिरहेका छैनन् । सीरियाको राजनीतिमा महत्वपूर्ण रहनेको श्रेय असद रुसका राष्ट्रपति पुटिनलाई दिन्छन् । र, यसमा सीरियामा मस्कोको प्रभाव पुष्टि हुन्छ ।

रुस ठूलो खेलाडी
तर, मध्यपूर्वमा रुसको भूमिका सीरियामा मात्रै सीमित छैन । रुस यस संघर्षमा पूरै क्षेत्रमा ठूलो खेलाडीका रुपमा आएको छ ।

–इजिप्टको हवाई क्षेत्र र हवाई पट्टीलाई रुसले प्रयोग गर्ने अनुमति दिनका लागि इजिप्टसँग संवाद ।
–टर्कीबाट जमिनवाट हावामा हमला गर्न सक्ने एस–४०० मिसाइल प्रणाली दिनका लागि छलफल ।
–सउदी अरवसँग सम्बन्ध सुधार्नका लागि कोशिष ।
र, पुरै मध्य पूर्वमा रुसी कुटनीतिले सीरियामा राजनीतिक स्थिरता कायम गर्नका लगि कोशिष गर्नु ।

अमेरिकी छविमा झट्का
मध्यपूर्वमा रुसको प्रभाव बढेको छ भने यसको विपरित क्षेत्रमा अमेरिकाको छवि समस्याले घेरिदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएकोमा पूरै अरब जगत असन्तुष्ट भएको छ । यो फैसलाले अमेरिकाको मध्यस्थवाला छविमा धक्का लागेको छ ।

सीरियामा रुसको सैन्य अभियानको नतिजा बाहिर आएको छ ।
बर्ष २०१४ मा क्रिमियामा हस्तक्षेपपछि रुसको अन्तर्राष्ट्रियस्तरमा भिन्दै तरिकाले सामना गर्नुपर्यो । तर, सीरियामा सैन्य अभियानले यो स्थिति बदलिदियो । पश्चिमी देशका नेताले सीरिया मामलामा रुससँग छलफलका लागि टेवुलमा बस्नुपर्यो । यद्यपी उनीहरु यसो गर्न चाहन्थे वा चाहदैनथे भन्ने अलग कुरा हो ।

बर्ष २०१५ मा रुसमा केही मानिसहरुलाई आंशका थियो कि सीरिया उनको देशका लागि दोस्रो अफगानिस्तान बन्न सक्छ । जहाँ १९८० को दशकभर लामो सैन्य अभियानमा दश हजार भन्दा बढी सैनिक मारिएका थिए ।

तर, आधिकारिक जानकारीका अनुसार सीरियामा ४१ सैनिकको मृत्य भयो । रिपोर्टका अनुसार केही दर्जन निजी ठेकेदार मृत्यु भएको जानकारी बाहिर आयो ।
क्रेमलिनमा जितको घोषणा र सैनिक सख्याँमा कटौतीको संकेत दिनुको अर्थ हुन्छ, सीरिया पुटिनको अफगानिस्तान बन्दैछैन् ।

चुनावमा फाइदा
क्रेमलिनको नेताका रुपमा पुटिन तीन महिनाभित्र दोस्रो चुनावको सामना गर्दैछन् । एक उम्मेदवारका रुपमा मत आफ्नो पक्षमा राख्नका लागि पुटिनको नारा हुन सक्छ, ‘मिसन पुरा भयो ।’
उम्मेदवारी घोषणाको एक साताभन्दा थोरै समय रहेको बेला पुटिनको सीरिया यात्रा चुनावसँग जोडेर हेरिएको छ ।
यद्यपी, रुसका सैनिक फिर्ताको घोषणापछि पनि सीरियाका केही भागमा इस्लामिक स्टेट संघर्ष जारी राखेको छ । सीरियामा संघर्ष सकिएको छैन ।
र, यस्तो पनि निश्चित छैन कि, सीरियामा राजनीतिक स्थिरता ल्याउन रुस सफल हुन्छ ।

प्रतिक्रिया दिनुहोस