धनगढी । कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा रहेको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको हो।
पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ।
यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ। कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
आज पनि तिहारकै सार्वजनिक बिदा
आज र भोलि सार्वजनिक बिदा