‘नाटुनाटु’ ले जित्यो सर्वोत्कृष्ट गीतको ओस्कार अवार्ड

सफल खबर संवाददाता

सोमबार, २९ फागुन २०७९, ११ : २६
‘नाटुनाटु’ ले जित्यो सर्वोत्कृष्ट गीतको ओस्कार अवार्ड

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ मा समावेश हिट गीत ‘नाटु नाटु’ ले यस वर्षको ओस्कार अवार्ड जितेको छ । एसएस राजामौली निर्देशित फिल्ममा समावेश सो गीत विश्वव्यापीरूपमा हिट भएको थियो ।

९५ औं एकेडेमी अवार्डमा सफलता पाएको यो गीतको कम्पोज एमएम किराभानीले गरेका हुन् । चन्द्र बोसले रचना गरेको गीतलाई राहुल सिप्लिगन्ज र कला भैरवाले स्वर दिएका छन् ।

नाटु नाटुले सफलता पाएपछि साउथ इन्डियादेखि बलिउडसम्मका चलचित्रकर्मीले बधाइ दिइरहेका छन् । ओस्कारको अवार्डमा भारतीय संगीतकर्मीको यो दोस्रो सफलता हो । यसअघि ‘स्लमडग मिलिनियर’ फिल्मबाट ए आर रहमानले ओस्कार अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस