उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शुक्रबार साँझ घरमा अभिभावक नभएको बेला बिजुली सर्ट भएर आगलागी हुँदा बालबालिकाको मृत्यु भएको प्रहरीको भनाई छ।
‘घरमा अभिभावक नभएको बेला विद्युत् सर्ट भएर आगलागी हुँदा बालबालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले प्रारम्भिक अुन्सन्धानबाट देखिएको जनाएको छ । ‘बुवाआमा काममा घर बाहिर गएको बेला आगलागी भएको र छिमेकीले गएर आगो निभाउँदा घरभित्रै मृत्यु भइसकेको अवस्थामा बालबालिकाको शव फेला परेको हो।
आगलागीबाट मगरको घरसमेत जलेर नष्ट भएको छ। आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि