काठमाडौँ । श्री एयरलाइन्सले शनिबारदेखि नियमित उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शुक्रबार श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो।
प्राविधिकरणको विज्ञ टोलीले जाँच गरेपछि श्री एयरलाइन्सले पुनः उडान अनुमति पाएको हो। टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमतासमेतको अध्ययन गरेको थियो। जहाजमा कुनै समस्या नदेखिएपछि प्राधिकरणले प्रतिबन्ध फुकुवा गरेको हो।
बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनःत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो।
श्री एयरलाइन्सका साना(ठूला गरी आठ जहाज छन्। तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण
विमानस्थलमा कुकुर दौडिएपछि श्री एयरको जहाज ‘ओभर सुट’