अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच स्ववियु निर्वाचनमा तालमेल हुने

सफल खबर संवाददाता

शुक्रबार, २६ फागुन २०७९, २१ : २०
अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच स्ववियु निर्वाचनमा तालमेल हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)बीच स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा तालमेल र सहकार्य हुने भएको छ । 

शुक्रबार बसेको अनेरास्ववियु अध्यक्ष समिक बडाल र क्रान्तिकारीका अध्यक्ष प्रकाश सीको बैठकले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा देशभर तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले अन्य बाम विद्यार्थी संगठनसँग पनि तालमेल तथा सहकार्य गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस