काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले फरक समुदायको पुरुष उम्मेदवार बन्न मिल्दैन भन्न खोजेको हो भने त्यो संविधान तथा ऐनविपरीत रहेको बताएका छन् ।निर्वाचन आयोगले जे विज्ञप्ति जारी गरे पनि जसपाका तर्फबाट उपराष्ट्रपतिमा रामसहाय यादवकै उम्मेदवारी मनोनयन गराइने उनले बताएका छन् ।
'पुरुष मिल्दैन भन्न खोजेको हो भने निर्वाचन आयोगको विज्ञप्ति संविधानको व्यवस्था, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको व्यवस्थाविरुद्ध हुन जान्छ,' यादवले लोकान्तरसँग भने, 'जसपाको तर्फबाट उपराष्ट्रपतिमा रामसहाय यादवकै उम्मेदवारी दर्ता हुन्छ ।'निर्वाचन आयोगले रामसहायको उम्मेदवारी दर्ता नगरे कानूनी उपचार खोज्ने उनले बताए ।
'संविधानविपरीत काम निर्वाचन आयोगले गरेको हुनाले रामसहाय यादवको उम्मेदवारी दर्ता नभए जसपाले कानूनी र राजनीतिको उपचारको बाटो खोज्छ,' उनले थपे, 'त्यसलाई कहीँ कतैबाट रोक्न सकिन्न। रामसहायजीको उम्मेदवारी मनोनयन निर्वाचन आयोगले दर्ता गर्नैपर्छ । नगरेर हुँदैन । नगर्ने कुरा नै हुँदैन ।'त्यसो त आयोगको विज्ञप्ति आफैंमा अस्पष्ट छ ।
‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको छ,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ ।
आयोगले राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेल खसआर्य समुदायका पुरुष रहेको भन्दै उपराष्ट्रपति खस आर्य पुरुषभन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारू वा मुस्लिम) को व्यक्ति हुनुपर्ने खुलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव
उपेन्द्र यादवको चेतावनी : भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव