काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले शान्ति प्रक्रियालाई भाँड्न खोज्नु सिंगो संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको षड्यन्त्र भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न नमिल्ने बताएका हुन्।
शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमामार्फत निष्कर्षमा पुर्याउनुको पनि विकल्प नरहेको उनले लेखेका छन्। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सशस्त्र द्वन्द्वकालमा आफूले ५ हजार मानिस मारेको जिम्मा लिने बताएपछि उक्त अभिव्यक्तिप्रति सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको छ । यस विषयलाई लिएर जनार्दन शर्माको यस्तो अभिव्यक्ति आएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यमान समस्या समाधानको लागि जनार्दन शर्माले दिए यस्तो सुझाव...
समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ: जनार्दन शर्मा
कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक : जनार्दन शर्मा
संसद्, सरकार र अदालतको गतिविधिकै कारण जनतामा असन्तुष्टि बढ्यो : जनार्दन शर्मा
‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु' : जनार्दन शर्मा
पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ: जनार्दन शर्मा