काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले शान्ति प्रक्रियालाई भाँड्न खोज्नु सिंगो संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको षड्यन्त्र भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न नमिल्ने बताएका हुन्।
शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमामार्फत निष्कर्षमा पुर्याउनुको पनि विकल्प नरहेको उनले लेखेका छन्। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सशस्त्र द्वन्द्वकालमा आफूले ५ हजार मानिस मारेको जिम्मा लिने बताएपछि उक्त अभिव्यक्तिप्रति सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको छ । यस विषयलाई लिएर जनार्दन शर्माको यस्तो अभिव्यक्ति आएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक