काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उनले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताए। राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ ।
“लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ”, उनले भने, “यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।”
नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकुल संविधानको व्याख्या नगर्न उनले आग्रह गरे। “लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न”, उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित
देउवासामु गगन र विश्वका यस्ता छन् चार प्रस्ताव, मान्लान् त देउवा ?
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ
काँग्रेसमा कोही बा छैन, बोल्न छाड्दैनौँ’: गगन थापा
‘महाधिवेशनको दौडादौड सकिएपछि जेन जेडहरूसँग मिलेर काम गर्छु’: गगन थापा
पार्टीभित्रै घेराबन्दी भएको भन्दै गगन थापाले दिए चुप नबस्ने चेतावनी