काठमाडौं । नेपाली कांग्रेससहित ८ दलबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित मतदानस्थल पुगेका छन्। पौडेल मतदान हुनुभन्दा १५ मिनेट अघि नै मतदान स्थल पुगेका थिए।
पौडेलले मतदानका लागि लाइनमा बसेका सांसदहरू तथा प्रदेश सभा सदस्यहरूसँग मत मागिरहेका छन्।पौडेलले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ८ दल र सांसद तथा प्रदेश सभा सदस्यहरूले आफूलाई सहयोग गर्ने भएकोले निर्वाचित हुनेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन्।
आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपति निर्वाचनका लागि मतदान हुनेछ। राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ