काठमाडौं । भोलि (बिहीबार) हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । बुधबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो ।
बैठकपश्चात् पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने र निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेका बताए ।
बैठकमा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने बहुमत भएपछि उक्त निर्णय सदर भएको हो । राजसंस्था पुनः स्थापना मुख्य राजनीतिक ऐजेन्डा बोकेको राप्रपाले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने भन्दै बैठकमा आवाज उठेको थियो ।
राष्ट्रपति निर्वाचनका लागि मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँबानेश्वरस्थित संघीय संसदमा चल्दैछ । राष्ट्रपति पदका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग