काठमाडौं । भोलि (बिहीबार) हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । बुधबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो ।
बैठकपश्चात् पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने र निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेका बताए ।
बैठकमा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने बहुमत भएपछि उक्त निर्णय सदर भएको हो । राजसंस्था पुनः स्थापना मुख्य राजनीतिक ऐजेन्डा बोकेको राप्रपाले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने भन्दै बैठकमा आवाज उठेको थियो ।
राष्ट्रपति निर्वाचनका लागि मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँबानेश्वरस्थित संघीय संसदमा चल्दैछ । राष्ट्रपति पदका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका कारण पार्टीको उपादेयता र विश्वसनीयतामाथि प्रश्न उठेको राप्रपा असन्तुष्ट पक्षको निष्कर्ष
राप्रपा महामन्त्री धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै