काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलनका सम्बन्धमा केही निर्णय गराएर आजै राष्ट्रपतिलाई भेट्ने जानकारी दिएका छन् ।नेपालमा गणतन्त्र स्थापना गरेको शक्ति छिन्न भिन्न हुँदा प्रतिक्रियावादी तत्व सल्बलाएको भन्दै उनले पूर्वमाओवादीका सबै घटकलाई मिल्न अपिल गरे ।
शहीद तथा बेपत्ता योद्धा र सन्तती फाउण्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तनको विरोधमा केही भूतप्रेत निस्कन लागेको आरोप लगाएका हुन् । ‘हामी विभाजित हुँदा प्रतिक्रियावादीहरू सल्बलाउन थाले, सबै भंगाला एक ठाउँमा भयौँ भने एउटा ताकत बन्छ’, प्रचण्डले भने ।
सिंहदरबारमा पुगेर माओवादी जनयुद्धसम्बन्धी केही निर्णय गराएर आजै राष्ट्रपतिलाई भेटन जाने भन्दै प्रचण्ड १ बजे कार्यक्रमबाट बाहिरिएका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरू कार्यक्रममा उपस्थित छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलालगायत पनि सहभागी छन् ।यसैबीच सर्वोच्च अदालतले द्वन्द्वकालीन रिट दर्ता गर्न दिएको आदेशप्रति माओवादीले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ