जनप्रतिनिधिले काटे टेलिकमको तार, सेवा प्रभावित

सफल खबर संवाददाता

आइतबार, २१ फागुन २०७९, ०७ : २२
जनप्रतिनिधिले काटे टेलिकमको तार, सेवा प्रभावित

काठमाडौ । जनप्रतिनिधिबाट नेपाल टेलिकमको तार काटिँदा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।

काठमाडौँ उपत्यकाकाको नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित गुम्बाचोकमा वडा कार्यालयले केबल व्यवस्थापनको नाममा तार काटेको हो । जसका कारण गुम्बाचोकका सयौंसेवाग्राही एक्कासी टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाबाट वञ्चित हुनुपरेको छ ।

‘नेपाल टेलिकमले पटक पटक दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएको प्रति कम्पनी दुख व्यक्त गर्दछ । साथै, अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग पुःन अनुरोध गर्दछौं’, टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

टेलिकमले सेवा प्रवाहमा समस्या आएको सो क्षेत्रमा यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी गरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस