काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै छ।
फागुन २३ गते बिक्री हुने ट्रेजरीको फागुन २१ गते आइतबार दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जानकारी दिएको छ।
केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी ३ किसिममा ट्रेजरी बोलकबोल गर्न लागेको हो।
यद्यपि कुल ट्रेजरीमध्ये ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको १२ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार २८ दिने ट्रेजरीको २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ नवीकरण र ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी हुनेछ। १८२ दिनका लागि भने बैंकले ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिक्री गर्नेछ।
इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले फागुन २१ गते दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाईन आवेदन दिन सक्नेछन्। केन्द्रीय बैंकले यसअघि फागुन १५ गते १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने