काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा),ले प्रदेश १ को नाम कोशी राखेकोप्रति आपत्ति जनाएको छ। जसपाको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नामकरणको विरोध गरेका हुन्।
‘कोशी प्रदेश हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन भएन। कहीँ कतैबाट नमागेको नाम जबरजस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छरु’ प्रदेश अध्यक्ष दीपक याक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशको नाम ऐतिहासिक थातथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने मत जसपा, नेपालले राख्दै आएको छ।’ ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म संघर्ष चर्काउने विज्ञप्तिमा उल्लेख छ।
पहिचानमा आधारित राष्ट्रिय समितिले पनि विज्ञप्ति जारी गरी षड्यन्त्रपूर्वक कोशी प्रदेश नामकरण पछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दीर्घकालिन बिजारोपण गरेको उल्लेख छ।
साथै जसपा, नेपालको सांसदलाई मत दिन वञ्चित गरिएको भन्दै यस बारेमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, १० मन्त्री नियुक्त
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति