काठमाडाैं। रुसको निजी सैन्य कम्पनी वाग्नरका प्रमुख येव्गेनी प्रिगोजिनले शुक्रवार एउटा भिडियो प्रकाशित गर्दै युक्रेनको बाखमुत शहर लगभग पूरै घेराबन्दी गर्न लागेको बताएका छन् । युक्रेनी सैनिकहरूले निस्कने एउटा बाटो मात्र बाँकी रहेको उनको भनाइ छ ।
प्रिगोजिनका सैनिकहरूले पूर्वी युक्रेनमा महिनौंदेखि आक्रमण गरिरहेका छन् । बाखमुतलाई रुसीहरूले आर्त्योमोव्स्क भन्ने गरेको छ । त्यहाँ विजय हासिल गर्दा क्रामातोर्स्क र स्लोभियान्स्क जस्ता ठूला शहर नियन्त्रणमा लिन सहज हुने रुसको धारणा छ ।
सैन्य पोशाक लगाएका प्रिगोजिनले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई बाखमुतबाट आफ्ना सैनिक फिर्ता बोलाउन आह्वान गरेका छन् । ‘वाग्नरका इकाइहरूले बाखमुतलाई व्यावहारिक रूपमा घेराबन्दी गरेका छन् । युक्रेनी सैनिकलाई निस्कनका लागि एउटा मात्र बाटो खुला छ । च्याप्ने काम चलिरहेको छ,’ प्रिगोजिनले बताए ।
आफ्ना सैनिकहरूले व्यावसायिक युक्रेनी सेना भन्दा पनि वृद्ध र बालबालिकासँग लडाइँ गरिरहेको प्रिगोजिनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १९ फागुन २०७९, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह