होली इभेन्टको टिकट खरिद गर्ने एकै प्लेटफर्म आइएमई पे

सफल खबर संवाददाता

शुक्रबार, १९ फागुन २०७९, १६ : २४
होली इभेन्टको टिकट खरिद गर्ने एकै प्लेटफर्म आइएमई पे

काठमाडौं । आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी सार्वजनिक गरेको छ ।

ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो । आइएमई पेमा ग्राहकहरुले ३ फरक–फरक होलीइभेन्टको टिकट प्राप्त गर्न सक्नेछन् । सो इभेन्टहरु कलरेल्ला (अन्नपूर्ण होटल), कलर स्प्ल्यास (द मल्लहोटल) र होली फिएस्ता २०२३ (सिद्दार्थ बुटिक होटल) मा रहेका छन । 

इभेन्टहरु  रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउन सकिने छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध छ ।