महोत्तरीबाट घुस रकमसहित एक जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, २० : ४२
महोत्तरीबाट घुस रकमसहित एक जना पक्राउ

महोत्तरी । महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ । 

बिहीबार जलेश्वरस्थित मालपोत कार्यालयमा एक जना सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पण्डितलाई पक्राउ गरेको हो ।

साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा लिने क्रममा पण्डित पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस