पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गुरुङले प्रदेशसभाको चालु अधिवेशन १८ फागुन बिहीबार मध्यराति १२ बजेदेखि अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
अधिवेशन अन्त्य गरिएको विषयमा जानकारी दिन प्रवक्ता अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहीबार राति १२ बजेटबाट अन्त्य भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल