काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलीय सत्ता गठबन्धनमा अरु दल पनि थपिन सक्ने बताएका छन् । सत्तारूढ ८ दलले काठमाडौंमा गरेको संघीय सांसदको भेलामा उनले ८ दल भनिए पनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको र यो बढ्ने बताए ।
‘हामीले ८ दल भनेका छौं, प्रतिनिधि सभामा २ र प्रदेश सभामा २ जना सांसद रहेको नेपाल समाजवादी पार्टीको पनि रामचन्द्र पौडेल जीलाई समर्थन छ,’ भेलामा उनले भने, ‘ त्यसैगरी नेपाल आम पार्टी भन्ने तराई केन्द्रित अर्को पार्टीको पनि समर्थन छ ।’
प्रतिनिधि सभामा आफूले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सही भएको दाबी गरेपछि विश्वासको संकट उत्पन्न भएको प्रचण्डले बताए ।
विगतमा संविधानको मर्म र भावनालाई मिचेर गतिविधि भएपछि कांग्रेसँगको गठबन्धन बनेको र अहिले त्यसैले निरन्तरता पाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड