आईसीसी विश्वकप लिग २

नेपाललाई यूएईको मध्यम लक्ष्य

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, १५ : १८
नेपाललाई यूएईको मध्यम लक्ष्य

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु टिम यूएईले नेपाललाई मध्यम लक्ष्य दिएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २०७ रन बनाएको छ ।

दुबईका लागि ओपनर आसिफ खानले अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ७२ रनको योगदान गरे । अर्का ओपनर मोहम्मद वसीम भने डक आउट भए । रोहन मुस्तफाले ५१ रन जोडे । 

वृत्य अरविन्दले १८ रन, कप्तान सीपी रिजवानले २२ रन, अलिशान शराफुले २ रन र आर्यन लाक्राले २८ रन बनाए ।  नेपालका लागि सन्दीप लामिछानेले कसिलो बलिङ गरे । उनले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र कुशल मल्लको नाममा एक/एक विकेट रह्यो । 

प्रतिक्रिया दिनुहोस