काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरु कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ नेकपा एमाले नेताहरुलाई दिएको छ ।
बिहीबार एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष नेपालसँग भेट्न आएका एमाले नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न सहयोग मागेका थिए ।
भेटघाटबारे जानकारी गराउँदै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरुले मत मागेको र अध्यक्ष नेपालले धन्यावाद दिएको बताए ।‘उहाँहरुले राष्ट्रपति चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्नका निम्ति आग्रह गर्नुभएको छ,’ उनले भने, ‘हाम्रो तर्फबाट पार्टी अध्यक्षले आफ्ना धारणा राख्दै मत माग्न आउनुभयो, सौहाद्र्धपूर्ण सम्बन्ध विकास गर्ने आधार सिर्जना गर्नुभयो, तपाईंहरुलाई धेरै धन्यवाद भन्नुभयो ।’
खतिवडाले राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक र सर्मथक भएकाले सहयोग गर्न सकिने अवस्था नरहेको जानकारी एमाले नेताहरुलाई गराएको बताए । ‘राष्ट्रपति निर्वाचनमा हामी माननीय रामचन्द्र पौडेलको प्रस्तावक रहेको पार्टी भएको हुनाले तत्काल उहाँहरुलाई यसो गर्छौं भन्न सक्ने स्थिति पनि थिएन’, खतिवडाले भने, ‘त्यो कुरा उहाँहरुले पनि बुझ्नुभएको छ । मनन पनि गर्नुभएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने